PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकलाई नेप्सेको कारवाही, ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन !

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५% बोनस सेयर दिने घोषणा गरेसंगै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको हो । मूल्य संवेदनशील सूचना कारोबार भइरहेको समयमा नेप्सेलाई पठाएपछि नेप्से बैंकको सेयर कारोबार रोक्का गरेको हो ।
धितोपत्र विनियमावली २०७५ अनुसार सेयर मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अगावै नेप्सेलाई जानकारी गराउनुपर्छ । नेप्सेले बैंकको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै