PRABHU BANK

एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना, sastodeal मार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता पाइने

NIC asia bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई-कमर्श प्ल्याटफर्म sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । यस बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई-कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ ।
बैंक र sastodealबीचको समझदारीअनुसार २०७७ फाल्गुन १५ देखि प्रत्येक शनिबार यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले आफुलाई चाहिएको सामग्री किनमेल गरी आकर्षक मौकाको फाइदा उठाउन सक्ने भएका छन् । यसका लागि ग्राहकहरूले सामग्री गरिद गर्न कुल रकम भुक्तानी गर्नुपर्नेछ भने त्यसको सात कार्य दिनपछि बैंकले निजले प्राप्त गरेको नगद फिर्ता रकम सम्बन्धित बैंक खातामा जम्मा गरिदिने व्यवस्था समेत बैंकले गरेको छ । यस योजनामा यस बैंकको डेबिट तथा क्रेडिट कार्डमा ई-कमर्श भुक्तानी सुविधा लिएका ग्राहकहरु सहभागी हुन सक्ने भएका छन् । यसका लागि ग्राहकहरूले बैंकको iServe डिजिटल सेवा (https://iserve.nicasiabank.com मा रहेको कार्ड सम्बन्धी सेवाहरूबाट आफ्नो डेबिट तथा क्रेडिट कार्डमा ई-कमर्श सुचारु गरी अनलाईन भुक्तानी गर्न सक्ने भएका छन् ।
अनलाइन किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य वृृद्धि भएसँगै अनलाइन भुक्तानी गर्ने ग्राहकहरूको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकहरूलाई आकर्षित गरी मुलुकलाई Classless Economy बनाउन सहयोग पुर्याउन यस योजनाले सहयोग गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म ३ सय ५२ शाखा कार्यालयहरू, ४ सय ७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै