PRABHU BANK

एनएमबि बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता, अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाउने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र बी एण्ड बी अस्पतालबीच सम्झौता भएको छ । बैंकले ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालको विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट उपलब्ध गराउने सम्बन्धी उक्त सम्झौता गरेको हो । बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका छन् । यस्तै अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डरलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।
एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म १ सय ८० शाखा, १ सय ३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै