PRABHU BANK

मेगा बैंक र सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबीच सम्झौता, होटलको सेवामा १० प्रतिशतसम्म छुट पाइने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेन्टहरुमा विशेष छुटको व्यवस्था गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो ।
बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा अन्य परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेन्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेन्टहरु छन् । अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै