prabhu

नेपाल बैंकमा एक घण्टामै सुनचाँदी धितो कर्जा पाइने, कर्जाको लागि नि:शूल्क बचत खाता खोल्न सकिने !

काठमाडौँ । नेपाल बैंकले एक घण्टामै सुनचाँदी धितो कर्जा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै घर व्यवहार चलाउन वित्तीय खाँचो पुरा गर्ने उद्देश्यले एक घण्टामै सुनचाँदी धितो कर्जा दिने भएको हो ।

बैंकका अनुसार ग्राहकहरुले आफुसँग भएको सुनचाँदी धितोमा राखेर सुलभ ब्याजदरमा तुरुन्तै कर्जा लिन सक्नेछन् ।

साथै, सुनचाँदी धितो कर्जाको लागि नि:शूल्क बचत खाता समेत खोल्न सकिने बैंकले जनाएको छ । उक्त कर्जा बैंकको सम्पुर्ण शाखा मार्फत् पाउन सकिनेछ। यो हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै