PRABHU BANK

सनराइज बैंकको क्यूआर कोड सेवा त्रिनगर कृषि हाटबजार धनगढीमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा धनगढी उप-महानगरपालिकाका मेयर निर्पबहादुर वड, बैंकका सुदुरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाही, त्रिनगर कृषि हाट बजार व्यवस्थापन समिति धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशिल सामाजका कोषाध्यक्ष गणेश बिक र शाखा प्रबन्धक धर्मकुमार बिष्ट र बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर वडले नेपालमा डिजिटल भूक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुँचसम्म पुर्याउन धनगढी उप-महानगरपालिकाले अभियान सुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नुपर्ने बताए । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको पनि बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै