PRABHU BANK

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को लाभांश दिने

Unnati Sahakarya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १७.८१ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्रको लाभांश वितरण गर्ने भएको हो ।
फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १७.८१ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने भएका छन् । उक्त प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा कम हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ४०.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै