PRABHU BANK

मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने

Mithila Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई बोनस र नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फागुन २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्र लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १२ करोड १७ लाख रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १३ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै