PRABHU BANK

कृषि विकास बैंकले पठायो आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर पठाएको छ । बैंकले १५ प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुको हितग्राही खातामा पठाएको हो । कम्पनीले गत पुस २९ गते पारित गरेको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा पठाएको हो ।
कम्पनीले पुस १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा मात्र उक्त बोनस सेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । आफ्नो सेयर अभौतिकिकरण गराउन बाँकी सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न बैंकले आग्रह गरेको छ । पुस १४ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस सेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा हुने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै