![# Century Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixxcTdp0cFB6hsPxPCZ-4UcMC05b2XnSme34mjmow38DmU4MuvXT_Jq2Avh2N0O962m6pv9yLFpFE9-SQ4nC3WB4WuHJBcoj1QxYQkJ9yARKtIq5S3wbMN1ifGhUOmymAlA-ksZowv1Iwc/s16000/century-bank.jpg)
- बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १०औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । बैंकले १०औं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको बताए । उनले बैंकले दोहारो अंकको वृद्धि गरी सेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
सो कार्यक्रममा १० वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको थियो । १०औं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन पनि गरे । साथैसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेको थिए । यस्तै बैंकले बानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडौं र बनेपा धुलिखेल शाखा मार्फत उज्यालो महिला समाज बनेपालाई एकएक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरिएको छ । त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ ।
साथसाथै बैंकको चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यामिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखा मार्फत पशुपति माध्यामिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ भने टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको छ । बैंकले हालसम्म १ सय २२ शाखा, ८८ एटिएम, २३ शाखारहित बैंकिङ सेवा र १० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको हाल चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ । यस्तै ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ ।