वाणिज्य बैंकहरूबाट प्रवाह हुने गाडी कर्जा बढ्यो, पाँच महिनामा एक खर्ब बढी कर्जा प्रवाह !

काठमाडौँ । वाणिज्य बैंकहरूबाट प्रवाह हुने गाडी कर्जा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१-८२ को मंसिरसम्म वाणिज्य बैंकहरूबाट प्रवाह हुने गाडी कर्जा २.०४ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकबाट १ खर्ब ११ अर्ब ५८ करोड २० लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिसम्म बैंकहरुबाट १ खर्ब ९ अर्ब ३५ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

त्यस्तै, अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको गाडी कर्जा घटेको छ भने बाँकी ९ वटा बैंकको बढेको छ। समिक्षा अवधिमा सबैभन्दा धेरै गाडी कर्जा ग्लोबल आइएमई बैंकले १५ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ प्रवाह गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्