prabhu

एनएमबि बैंकको क्युआर कोड सेवा बिराटनगरमा, गभर्नरले कागती किनेर गरे उद्घाटन

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्युआर कोड सेवा संचालनमा ल्याएको हो । उक्त क्युआर कोड सेवाको उद्घाटन भने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कागती किनेर सुरु गरेका छन् । नगद कम भन्दा कम प्रयोग गर्न आह्वान गर्दै गभर्नर अधिकारीले एनएमबि बैंकको क्युआर कोडबाट कागती किनेका हुन् ।
सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सन्तोषी देवी भगतलाई १० लाख रुपैयाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए । बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित वार प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।
उक्त कार्यक्रममा अतिथि गणहरु नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, यूवा उद्यमी प्रदिप कुमार मुरारका, बिराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव लगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै