PRABHU BANK

नेपाल लाइफ इन्स्योरेन्सको सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

nepal life insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा’ योजना सार्वजनिक गरेको छ ।
चैत्र ०९ गते बुधबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्तबीमा योजनाको सार्वजनिक अनावरण गरेका हुन् ।
आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको हो ।
एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्तग र्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा(मुनाफामा सरिक हुने) हो । जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमा शुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुने कम्पनीले जनाएको छ । यो योजनाको न्यूनतम बीमाङ्क रकम रू २५ हजार तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।
यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्य आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सक्नेछन् । विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमाङ्क रकम + आर्जित बोनश, एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको ५५ रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।
साथै, बीमित ८० वर्ष पुरा भएपछि बीमा शुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ । बीमा लेख चालु रही बीमा भुक्तानी अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमाङ्क रकम+आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानीअवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५०% रकम+ बीमा शुल्क भुक्तानी अवधि सम्मआर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइने छ ।
विकल्प १ र विकल्प २ दृुबैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमाप्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमाप्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यको ९०% ऋण प्राप्त गर्न सकिनेछ ।
दुर्घटना मृत्यु लाभ सुविधा, बीमा शुल्क छुट तथा पूर्ण अशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेको छ ।
कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताएका थिए । यस योजनालाई मुर्त रुप प्रदान गर्न सहयोग गर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरण, actuary तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गरे ।
यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमाआग्रह समेत गरे । आम ग्राहकहरुको आजको आवस्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको कुरा बताए । यस योजनाको सफलताको शुभकामना समेत जाहेर गरे । कार्यक्रममा यस योजना संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापती पोखरेलले गरेका थिए ।
ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै