काठमाडौँ । लुम्बिनी विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै सातवटै प्रदेशका मुख्य कार्यालयका विभाग र शाखाहरूमा ट्रेनी जुनिअर असिस्टेन्ट पदका लागि केहि संख्यामा रोजगारी खुलाएको हो ।
बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले पुष ३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिने व्यक्तिहरुले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनमा न्यूनतम स्नातक डिग्री हासील गरेको हुनु्पर्ने बैंकले जनाएको छ । साथै, आवेदकको उमेर २८ वर्षभन्दा कम हुनुपर्नेछ ।