PRABHU BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी उपेन्द्र प्रसाद ढुंगाना धुम्बाराहीबाट पक्राउ

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी उपेन्द्र प्रसाद ढुंगाना धुम्बाराहीबाट पक्राउ परेका छन् । घरजग्गा कारोबारी गर्ने ढुंगाना मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् । उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र १ करोड ५० लाख लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही ढुंगाना फरार हुँदै आएका थिए ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनले विसं २०७५ असार २ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी/जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुनेगरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै