काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउनेगरि कार्य गर्नुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले बदलिँदो समयसँगै सबै कुराहरूलाई रूपान्तरणगरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका छन् । साथै, उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुस गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई आग्रह गरेका छन् ।
अर्थमन्त्री पौडेलले सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढि रुचाइएको बैंक बन्नुपर्ने उल्लेख गरेका छन् ।