prabhu

निफ्राले पूर्वाधार विकासका क्षेत्रमा दखल भएकालाई जारी गर्यो ‘आईएनएफआरए एक्सिलेन्स सेन्टर’मा सूचीकृत हुन सूचना

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले पूर्वाधार विकासका क्षेत्रमा दखल भएका व्यक्ति वा संस्थाहरुलाई ‘आईएनएफआरए एक्सिलेन्स सेन्टर’मा सूचीकृत हुन सूचना जारी गरेको छ । सो सम्बन्धी कम्पनीले चैत ४ गते एक सूचना जारी गरेको हो । कम्पनीले विभिन्न उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थालाई उक्त सेन्टरमा सूचीकृत गर्न सूचना जारी गरेको हो ।
जसमा सूचीकृत हुन योग्यता पुगेकाले अबको १ महिनाभित्रै आवेदन दिन सक्ने भएका छन् । इच्छुकले आगामी वैशाख ३ गतेसम्म आवेदन दिन पाउने भएका छन् । यो प्रकृयामार्फत सूचीकृत हुन सफल हुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचानदेखि निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जुमाका लागि सहभागी गराउने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै