PRABHU BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित २७ प्रतिशत लाभांश पारित

National Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको चैत ५ गते बिहीबार ७औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त साधारणसभाले सञ्चालक समितिको प्रस्तावित २७ प्रतिशत लाभांश पारित गरेको छ । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद गरी २७ प्रतिशत लाभांश पाउने भएका छन् । यस्तै २६ करोड ४० लाख रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी बढेर ३१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
साथै सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन् । सभाले नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरणसहित वार्षिक प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितीका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्नीले हालसम्म ६५ वटा शाखा कार्यालयहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै