PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता, कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने

Rastriya Banijya Bank-
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता भएको छ । बैंक र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका तर्फबाट प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब तोकिएको सेवा अवधि पूरा गरेका संसद सचिवालयमा कार्यरत कर्मचारीहरुले १५ लाख रुपैयाँ बराबरको कर्जा पाउँने भएका छन् ।
संसद सचिवालयको सिफारिसका आधारमा बैंकले अधिकतम १५ लाख रुपैंयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने भएको छ । हाल बैंकको आधार दर ५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्ने भएको छ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ । बैंकको हालसम्म २ सय ४७ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै