PRABHU BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनसपछि सेयरमा मूल्य समायोजन

Mirmire Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा मूल्य समायोजन भएको छ । संस्थाको ९.१९९ प्रतिशत बोनस पछिको सेयरमा मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम भएको छ ।
यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३७१ रुपैयाँबाटै सुरु हुने भएको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा किनबेच भएको थियो । बनेपामा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत बिहीबार कम्पनीको बजार पुँजीकरण ५ अर्ब ९३ करोड रुपैयाँ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै