PRABHU BANK

सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्ने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको छ । बैंकले ‘ग्लोबल मनी विक’ ७ दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको हो ।
बैंकले चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने भएको छ । यस्तै चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको थालनी गर्ने भएको छ । यस्तै चैत्र ११ गते वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तीय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने र चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तीय साक्षरता कार्यक्रम गर्ने बैंकको योजना रहेको छ ।
बैंकले चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तीय साक्षरता कार्यक्रम गर्ने भएको छ भने चैत्र १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तीय साक्षरता कार्यक्रम गर्ने जानकारी दिएको छ । साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंङ, कनेक्ट आइपिएस, पिओएस र डिजिटल वालेट) को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रसारण गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै