PRABHU BANK

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शाखा कार्यलय अब काठमाडौंमा पनि

Shine Resunga Development Bank
  • बैंकिङ संसार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो सेवा काठमाडौंमा पनि विस्तार गरेको छ । बैंकले काठमाडौंको ५ ठाउँमा शाखा विस्तार गरेको हो । बैंकले चैत्र ८ गते काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र महाराजगञ्जमा ५ नयाँ शाखा विस्तार गरेको हो । वित्तीय पहुँच र ग्रामिण बैंकिङलाई उच्च प्राथमिकतामा राखेर बैंकले अब क्षेत्रलाई संघिय राजधानी काठमाडौंसँग आर्थिक कारोबारमा जोड्ने बताएको छ । वि.स. २०६५ साल फागुन ११ गतेबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रूपमा शाइन डेभलपमेन्ट बैंकले बैंकिङ कारोबार सुरू गरेको थियो ।
यस्तै २०६९ चैत ४ गते गुल्मी जिल्लामा रहेको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेर शाइन रेसुङ्गा विकास बैंक नामको नामबाट बैंकिङ सेवा दिएको थियो । त्यसपछि २०७३ साल जेठ २९ गते प्युठान जिल्ला कार्यक्षेत्र भएको गौमुखी विकास बैंकलाई मर्जर गरी व्यवसायिक क्षमता विस्तार गर्दै ग्राहकलाई थप सेवा दिँदै आएको छ । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पुँजीबाट हाल यस बैंकको ४ अर्ब पुँजी, ४ लाख बढी ग्राहक, ३३ अर्ब निक्षेप, ३१ अर्ब कर्जा, ८ सयभन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै