काठमाडौँ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह एकैदिन दुई अर्ब रुपैयाँले बढेको हो ।
वाणिज्य बैंकहरुले गत कात्तिक १२ गते ४६ खर्ब ७४ अर्ब कर्जा प्रवाह गरेकोमा १३ गते ४६ खर्ब ७६ अर्ब बराबरको कर्जा प्रवाह गरेका हुन । यता, वाणिज्य बैंकहरुको निक्षेप ५८ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको अन्तर बैंक ब्याजदर २.७० प्रतिशत कायम भएको छ भने औसत सीडी रेसियो ७८.४४ प्रतिशत कायम भएको छ ।