PRABHU BANK

ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड सुइट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड सुइट्समा छुट हुने भएको छ । बेंकका ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड सुइट्समा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुने भएको हो ।

बैंकले आफ्ना ग्राहकहरुलाई ठमेल प्लाजा होटल एण्ड सुइट्स अन्तर्गतका २ वटा होटलमा विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको छ।

बैंकले काठमाडौंको ठमेलस्थित रामाडा इन्डोरमा १५ प्रतिशत र पोखराको लेकसाइडस्थित दहिला बुटिक होटेलमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

यस सम्झौतापश्चात बैंकका ग्राहकहरूले दुई वटा होटलमा खाना तथा रूम चार्जमा आकर्षक छुट पाउने सक्ने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै