PRABHU BANK

बैंकिङ कसुर मुद्दाका प्रतिवादीहरू पक्राउ, थप अनुसन्धान तथा कारवाही हुने !

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका प्रतिवादीहरू पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले कात्तिक ६ गते निज प्रतिवादीहरूलाई बनस्थलीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला नुवाकोट किस्पाङ्ग गाउँपालीका वडा नं १ काउले स्थायी ठेगाना घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २२ सुन्धारा बस्ने ४३ वर्षीय हरि चन्द्र पौडेल र ३३ वर्षीय अर्जुन कुमार पौडेल रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा सम्मानित सर्लाही जिल्ला अदालत, मलङ्गवा सर्लाहीबाट भदौ २१ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीहरूलाई प्रहरीले खोज तलास गर्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि कात्तिक ७ गते इलाका प्रहरी कार्यालय बरहथवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै