काठमाडौँ । एनआईसी एशिया बैंकले गैर बैंकिङ सम्पत्ती बिक्री गर्न लागेको छ । बैंकले १५८ स्थानमा रहेको आफ्नो सम्पत्ती बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना जारी गर्दै मोरङ, चितवन, रौतहट, कास्की, काभ्रपलाञ्चोक, काठमाडौँ, सिरहा, झापा, भक्तपुर, मकवानपुर लगायतका स्थानको सम्पत्ति बिक्री गर्न लागेको जनाएको छ ।
त्यस्तै, बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।