PRABHU BANK

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ नयाँ शाखा विस्तार, रामहरि दाहालद्धारा उद्घाटन

Mero Microfinance Laghubitta
  • बैंकिङ संसार
नुवाकोट । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ नयाँ शाखा विस्तार गरेको छ । ग्रामीण क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै शाखा विस्तार गरेको संस्थाले जनाएको छ । नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरे । कम्पनीले शाखा प्रदेश १ मोरङको डायनियामा, सुनसरीको हरिनगरमा, ओखलढुंगाको खिजी फलांटेमा नयाँ शाखा विस्तार गरेको छ भने प्रदेश २ रौतहटको माधबनारायणमा, महोत्तरीको जावखमा, सर्लाहीको कबिलासीमा, सिरहाको दहिपौडीमा, सप्तरीको बिष्णुपुरमा र प्रदेश ५ को रुपन्देहीको बैकुण्ठपुरमा नयाँ शाखा विस्तार गरेको छ ।
सोही समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहालले संस्थाले लघुवित्त सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे । साथै संस्थालाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र संस्थाप्रतिको भरोसाले गर्दा देशभर हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको संस्थाले जनाएको छ । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा बिस्तारसँगै अब देशभर ६१ जिल्लामा शाखा संख्या १३० पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै