PRABHU BANK

गरिमा विकास बैंकले सुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान, जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्य

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले ‘रहनुहोस् होसियार’ नामक अभियान सुरु गरेको छ । राष्ट्रिय स्तरको बैंकले समग्र बैंकिङ प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ्गबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिने लामो अभियान सुरु गरेको हो । यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड/फिसिङ्ग सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ ।
चिट्ठा परेको छ भन्दै बैंकिङ विवरण मागेर मोबाईल बैंकिङ मार्फत हुने ठगी र अरुलाई आफ्नो बैंकिङ विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । बैंकले हाल ३५ जिल्लामा १ सय ६ वटा शाखा कार्यालय र ५१ वटा एटीएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै