PRABHU BANK

कामना सेवा विकास बैंकले धितो सुरक्षणमा रहेका अचल सम्पत्ति बिक्री गर्दै

काठमाडौँ । कामना सेवा विकास बैंकले धितो सुरक्षणमा रहेका अचल सम्पत्ति बिक्री गर्न लागेको छ । बैंकले धितो सुरक्षणमा रहेका अचल सम्पत्तिहरू (घरजग्गा तथा सवारी साधन) लिलाम बिक्री गर्ने भएको हो ।

बैंकले विभिन्न स्थानमा रहेका अचल सम्पत्तिहरू बिक्रीका लागि १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

बैंकले रकम चुक्ता नगरेका ऋणीहरूमाथि बारम्बार मौखिक र लिखित आग्रह गर्दा पनि कुनै चासो नदेखाएको भन्दै सम्पत्तिहरू लिलाम गर्न प्रक्रिया अगाडि बढाएको हो ।

इच्छुक व्यक्तिहरूले १५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्रमार्फत सम्पत्ति खरिद गर्न सक्नेछन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै