PRABHU BANK

भाद्र महिनामा राष्ट्र बैंकले तान्यो ४ खर्ब बढी पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक महिनामा ४ खर्ब बढी पैसा तानेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले भाद्र महिनामा ४ खर्ब ७० अर्ब रुपैयाँ तानेको हो ।

बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न धउधउ परेको छ । तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणहरूको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

राष्ट्र बैंकले बैंकहरुमा लगानी योग्य रकम थुप्रिएर अन्तर बैंक ब्याजदर घट्न थालेपछी बैंकबाट पैसा तानेको हो । हाल बैंकहरुको सिडि रेसियो ७८.७९ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै