PRABHU BANK

सिभिल बैंकले मनायो डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’ मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गरी मनाएको थियो । यस अन्तर्गत बैंकले प्रदेश नं १ को विराटनगरस्थित अर्किड कलेजमा वित्तीय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको सुरुवातसँगै प्रदेश नं २ को जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोडमार्फत भुक्तानीको सुरु गरेको छ ।
यस्तै बैंकले वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम, हेटौंडाका टेम्पुहरुमा क्यूआर मार्फत भाडा भुक्तानी, गण्डकी प्रदेशको बेगनास ताल डुंगा व्यवसायी संघमा वित्तिय साक्षरता कार्यक्रम, लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम तथा तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र सुदुर पश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा तथा भजनीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गराएको थियो । यस बाहेक बैंकले विद्युतिय कारोबारका ७ प्रमुख विद्युतिय माध्यमहरु मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिङ, कनेक्ट आइपियस, पिओएस र डिजिटल वालेटका बारेमा श्रब्य दृश्य सामाग्री तयार गरी आफ्नो सामाजिक संजालमार्फत प्रशारण पनि गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै