प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट हुने भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँ त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलको सेवा सुविधामा पाँच प्रतिशतदेखि १२ प्रतिशतसम्म छुट हुने भएको हो ।

एक समारोहबीच ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ मैम्बर सेक्रेटरी र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्ट ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंक र हस्पिटबीच भएको सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ओपिडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा  छुट प्राप्त गर्न सक्नेछन् ।

यो छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड तथा क्यूआर बाट समेत भुक्तानी गर्न सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्