PRABHU BANK

कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

Kalika Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने चैत्र १९ गते बिहीबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र २२ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण चैत्र १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने भएका छन् ।
संस्थाले १०औं र ११औं वार्षिक साधारणसभा बैशाख ७ गते गर्ने भएको छ । कम्पनीको चैत्र ११ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो । सभा टास्क इन्टरनेशनलको सभाहल पोखरा कास्कीमा बिहान ८ बजेबाट सुरू हुने भएको छ ।सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संस्थाको सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फको ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुने भएको छ ।
त्यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै