prabhu

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५६ लाख २७० हजार कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुल्ला

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंकले ५६ लाख २ सय ७० कित्ता संस्थापक सेयर लिलामीमा विक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर चैत्र १८ गतेदेखि लिलामीमा विक्री खुल्ला गरेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य ७९१ रुपैयाँ तोकिएको छ । त्यसकारण आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।उक्त सेयर खरीद गर्न योग्य ईच्छुक संस्थापक, व्यक्ति तथा कम्पनीले वैशाख २१ गतेसम्म बोलपत्र पेस गर्न सक्ने भएका छन् । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ सय कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने भएको छ । कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै