PRABHU BANK

किसान लघुवित्त वित्तीय संस्थाले १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपिओ निष्कासन गर्ने

Kisan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १२ लाख ९८ हजार २ सय ५९ कित्ता एफपिओ निष्कासन गर्ने भएको हो । कम्पनीले एफपिओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी संस्था र क्यापिटलबीच सम्झौता भएको छ ।
किसान लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । किसान लघुवित्त वित्तीय संस्थाको हाल चुक्ता पूँजी ३९ करोड २८ लाख रहेको छ भने एफपिओ जारी गरे पश्चात संस्थाको चुक्ता पूँजी ५२ करोड २६ लाख हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै