PRABHU BANK

नेपाल बैंकले सुरू गर्यो कर्णाली प्रदेशमै पहिलो फोनपेको क्यूआर कोड सेवा

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा सुरु गरेको छ । नेपाल बैंकको वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा सुरु गरेको हो ।
बैंकले डिजिटल सुर्खेत महाअभियान अन्तर्गत उक्त सेवा सुरु गरेको हो । जसको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले गरेका हुन् । बैंकले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरि क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गर्नको लागि उक्त सेवाको सुरुवात गरेको हो । साथै सञ्चालक मरासिनीले समयको परिवर्तनशीलतलाई आत्मसाथ गरि प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै