PRABHU BANK

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई स्वास्थ, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग छुट सम्बन्धी सम्झौता गरेको छ । बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मासाथ गर्दै स्वास्थ, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट दिने गरी सम्झौता गरेको हो ।

उक्त सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो हेर्नुहोस्ः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै