PRABHU BANK

नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लिबीच सम्झौता, कृषि प्राविधिकहरुलाई सहयोग गर्ने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लिबीच सम्झौता भएको छ । नबिल इनोभेटिभ सोलुसन्सबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्बन्धी सम्झौता भएको हो । नबिल बैंकका तर्फबाट एस.एम.ई तथा लघुवित्तका प्रमुख निरजकुमार बस्नेत (डनिल) र आर.एण्ड.डि.का तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफूकीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साझेदारीको बारेमा बोल्दै प्रमुख निरज कुमार बस्नेत (डनिल)ले भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राह्यस्थ उत्पादनको प्रमुख योगदान कर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कताअनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्याउने उत्साहित छौँ । यस सँझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तीय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।’
आर.एण्ड डि.का अध्यक्ष सुनिता न्हेम्हाफूकीले भनिन्, ‘नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम संचालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एण्ड.डि.इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ । यसका लागि आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धी आधारभूत तालिम दिई बैंक समक्ष सहुलियतकर्जाका लागि सिफारिस गर्ने भएको छ ।
ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ । यस कार्यक्रमअन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजी अध्ययन गरेकाले भाग लिन सक्ने भएका छन् । यस कार्यक्रमअन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठाउँमा उद्यम विकास गर्ने योजना रहेको छ । बैंकले हालसम्म १ सय १९ वटा शाखा कार्यलय, १ सय ८५ वटा एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत संजालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै