PRABHU BANK

नेपाल बैंकले सार्वजनिक गर्यो तीज विशेष अफर, महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने

काठमाडौँ । नेपाल बैंकले तीज विशेष अफर सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि तीज विशेष अफर ल्याएको हो ।

यस अफरअन्तर्गत बैंकले भदौ १ गतेदेखि ३१ गतेसम्म लागू हुनेगरी महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने जनाएको छ । साथै, लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नुनपर्ने तथा कमिसन शुल्कमासमेत शत प्रतिशत छुट प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, सी-आस्वा रजिष्ट्रेसन सेवा नि:शुल्क गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै