PRABHU BANK

गरिमा विकास बैंक ‘द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंकले ‘द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्ड पाएको छ । भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजित सेकेन्ड इमरजीङ एशिया बैंकिङ कन्क्लेभ कार्यक्रममा गरिमा विकास बैंकलाई ‘द बेष्ट बैंक इन एसेस्ट क्वालिटी’ अवार्डबाट सम्मानित गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति थियो । सो प्रतिस्पर्धामा बिम्स्टेक देशहरू नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो ।

बैंकले कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरूले प्राप्त गर्ने उक्त अवार्ड प्राप्त गरेको हो ।उक्त अवसरमा आयोजित ड्राइभिङ इफिसेन्सिस एक्रस द भ्यालु चेन विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय डेभलपमेन्ट बैंकर्स एशोसियसनको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी थिए ।

कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै