PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीपुर पिपरा ०१ सप्तरी घर भई हाल काठमाडौँ जिल्ला गोङ्गबु म्याग्दीचोक बस्ने ३७ वर्षीय महेश चन्द्र यादव रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरीको टोलीले यादवलाई साउन ३२ गते पक्राउ गरेको हो । अनिल कुमार यादवले यादवविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सप्तरी पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै