PRABHU BANK

समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार वैशाखदेखि हुने

Samata Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार हुने भएको छ । समता लघुवित्त र घरेलु लघुवित्तको मर्जरपछि आगामी वैशाख २ गतेदेखि एकीकृत कारोबार हुने भएको हो । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै मर्जरपछि बनेको संस्थाको सो दिनदेखि एकीकृत कारोबार हुने भएको हो ।
दुवै वित्तीय संस्था एक आपसमा मर्ज हुने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृति दिएको थियो । यससँगै संस्थाको एकीकृत कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ । मर्जपछि बनेको संस्थाको रजिष्टर्ड कार्याल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिक वार्ड नं.८ मा रहने संस्थाले जनाएको छ । त्यस्तै २०७७ वैशाख २ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएकोले डाटा माइग्रेसनको लागि चैत्र ३१ गतेका दिन दुवै वित्तीय संस्थाको बैंकिङ कारोबार बन्द हुने संस्थाले जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै