PRABHU BANK

महुली लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा ६ जना नियुक्त

Mahuli Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको ८औं वार्षिक साधारणसभा चैत्र २५ गते केन्द्रीय कार्यालय सप्तरीमा सम्पन्न भएको हो । उक्त सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना र साधारण सेयरधनीको तर्फबाट २ जना गरी कूल ६ जनालाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौंला र रोशन कुमार मंडरलाई सञ्चालक समितिमा चयन गरेको हो । त्यस्तैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै