PRABHU BANK

सिद्धार्थ बैंकद्धारा नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्न ५ लाख रुपैयाँ आर्थिक सहयोग

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहीबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्नको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई सो रकम हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले अस्पतालमा आउने सेवाग्राहीहरुको सुविधा तथा छिटो छरितो सेवा प्रदान गर्नको लागि अस्पतालका विभिन्न ब्लकहरुमा टोकन सिष्टम लागु गर्न उपयोग गर्ने जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै