PRABHU BANK

हिमालयन बैंकको स्वयम्भु शाखा बालाजु चोकमा स्थानन्तरण

काठमाडौँ । हिमालयन बैंकले बालाजु चोकमा आफ्नो शाखा स्थानन्तरण गरेको छ । बैंकले स्वयम्भु शाखा २ लाई काठमाडौँ महानगरपालिका १६ स्थित बालाजु चोकमा स्थानन्तरण गरेको हो ।

बैंकले साउन २१ गतेदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सो शाखाको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन् ।

त्यस्तै, बैंकले हालसम्म नेपालभरी १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५ सय भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै