PRABHU BANK

नेपाल राष्ट्र बैंकका सञ्चालक घिमिरेद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल राष्ट्र बैंकका सञ्चालक डा. रामप्रसाद घिमिरेले  शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकका सञ्चालक समितिको सदस्यका रुपमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् ।

उनलाई सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाशीश प्रकाशमान सिंह राउत, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिस्ट्रार विमल पौडेल, सहरजिस्ट्रारहरु मानबहादुर कार्की, अर्जुनप्रसाद कोइराला र अच्युत कुइँकेल, राष्ट्र बैंकका निर्देशक एवं सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै