काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार २९ गते परिपक्क हुनेछ ।
त्यस्तैगरी बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भने २०७८ साल असोज २६ गते परिपक्क हुने बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल चैत्र ३० गते सोमबार दिउँसो ३ बजे बोलकबोल भएर चैत्र ३१ गते बिक्री हुने जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgWoOTbyrCSDVO6fKxFjzsK9ikaEIXsDm4krEnx3TGnORZ1Wj46cZQI5GfbSGKQQ_4sYkmv8LMgRFlyVXU19hg6OiVs19Z3Or-fpbeoX3cDejVW3r1xkkc2Bp-sZFEIe6G5r-_-v69D6xuy/s16000/6072d56a14d58-1448x2048.jpg)