PRABHU BANK

वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर १.२६ प्रतिशत पुग्यो

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । वाणिज्य बैंकहरुबीचको अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ । यस्तै २०७६ फागुनमा भने अन्तर-बैंक कारोबारको भारित औसत ब्याजदर ४.३५ प्रतिशत रहेको थियो । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर-बैंक ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ फागुनमा ६.८४ प्रतिशत रहको छ । गस् २०७६ फागुनमा भने बैंकहरुको औसत आधार दर ९.४५ प्रतिशत रहेको थियो । २०७७ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७६ प्रतिशत रहेको छ भने २०७६ फागुनमा ६.७७ प्रतिशत रहको थियो । यसैगरी वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०७७ फागुनमा ८.७३ प्रतिशत रहेको छ भने २०७६ फागुनमा ११.८० प्रतिशत रहेको थियो ।
यस्तै चालु आर्थिक वर्षको ८ महिनामा ४८ हजार ८ सय ३१ जनाले पुर्नकर्जा सुविधा लिएका छन् । यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७७ फागुन मसान्तमा ८८ अर्ब ८६ करोड रुपैयाँ लगानीमा रहेको छ । २०७७ फागुन मसान्तसम्ममा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १२४ अर्ब २८ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै