PRABHU BANK

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्बन्धी सम्झौता

काठकाडैं । नबिल बैंक र दुर सञ्चा सेवा प्रदायक एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान गर्ने बारे व्यावसायीक सम्झौता भएको छ । सो सम्झौता भएसँगै अब एनसेलका बीटुबी तथा बीटुसी ग्राहकले सिम र डेटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवेमार्फत् रियल टाइम पेमेन्टको सुविधा पाउने भएका हुन् ।

नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्ने बैंकले जनाएकाे छ । सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाबर केयोमोवले हस्ताक्षर गरेका छन् ।

बैंकका सीईओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने र उनले दुई संस्थाबीचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने पनि बताएका छन् । एनसेलका सीईओ केयोमोवले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताएका छन् ।

अब एनसेलका ग्राहकले नबिलको पीओएस पेमेन्ट गेटवे र एनबैंक गरी तीन वटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्ने पनि बैंकले जनाएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै