PRABHU BANK

सिटिजन्स बैंक लिमिटेडले उदयपुर जिल्लाको लालपत्तामा ल्यायो नयाँ शाखा

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-०६ लालपत्तामा १०९औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी रोमाकुमारी थापालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखरहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ६७ वटा शाखा, १ सय १३ वटा एटिएम र १ सय ९ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव साढे ९ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै